समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ । आगामी माघ २३ गते राष्ट्रिय नाचघर जमलमा हुने उक्त अर्वाडका लागी मंसिर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो ।

नेपाली सहित देउडा, नेवारी, तामाङ, मैथली–भोजपुरी, राई , लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तीन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने आयोजकद्वारा जरी विज्ञप्तिमा उल्लेख गरिएको छ । आवेदनको म्याद पुष २० गतेसम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here