काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही शनिबार काठमाडौंमा प्रदर्शनसहितको जनसभा आयोजना गर्ने भएको हो।
जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन् । उक्त जनसभा रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना हुने बताइएको छ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समेत बताइएको छ ।
