Madhav kumar Nepal
Leader of Communist Party of Nepal (United Marxist Leninist)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी आज स्वदेश फर्किनु भएको छ । बेलायतमा भएको विभिन्न औपचारीक कार्यक्रममा सहभागी भई उहाँ आज फर्कनुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।

उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएको थियो । नेपाल कात्तिक २९ गते बेलायततर्फ जानुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here