आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

राष्ट्रपति भेट्न प्रधानमन्त्री दाहाल शितल निवासमा

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *