आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’

चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । अधिकारी दुई दशक भन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । उनी मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध छिन् । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारलाई नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् ।
विहीबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच अधिकारी सहित चार जनालाई पुरस्कृत तथा सम्मान गरिएको छ । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सह सचिव रहेका अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनका लागि कलम चलाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *