अछाम, मंसिर-२५ ।
जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई फक्राउ गरेको छ ।

१७ वर्षकी एक किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा जिल्लाको साँफेबगर-४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जनाए ।

भुलले गत आइतबार बिहान करीव ९ बजे ती किशोरी माथि जबरजस्ती करणी गरेका थिए ।

किशोरीले जिल्लाको साँफेबगरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरेर जबर्जस्ती करणी गरेको जानकारी दिए लगतै प्रहरीले भुललाई गाउँबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका भुल अहिले अछाम जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा रहेका छन् । उनी माथि थप अनुसन्धानको कार्य भइरहेको डीएसपी शाहीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here