worldcup hockey

काठमाडौं, मंसिर-२५ ।

फ्रान्स र इङ्ल्यान्डले विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका छन् ।

गएराति भएका प्ले अफ खेलमा जित हात पार्दै फ्रान्स र इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

भारतको ओडिसामा जारी प्रतियोगिताको प्ले अफमा फ्रान्सले चीनलाई १–० ले हराउँदा इङ्ल्यान्डले न्यूजिल्याण्डमाथि २–० को महत्वपूर्ण जीत निकाल्यो ।

फ्रान्सले अब क्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्दा इङ्ल्यान्डले भने अर्जेन्टिनाको सामना गर्नेछ । विश्वकप हक्कीको प्ले अफ चरणका बाँकी दुई खेल आज हुनेछन् ।

आज पाकिस्तानले बेल्जियमसँग खेल्दा नेदरल्यान्ड्स र क्यानडा आमनेसामने हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here