Mahottari-man-murder case

महोत्तरी, मंसिर २६ ।
महोत्तरीमा एक व्यक्तिको उखुबारीमा बेवारीसे अवस्थामा शव फेला परेको छ ।
महोत्तरीको औरही नगरपालिका २ फुलवरियाका ४० वर्षीय वेचु महतोको हत्या गरेर फ्याकिएको अवस्थामा घर नजिकैको उखुवारीमा शव फेला परेको हो ।

राति करिब १२ बजे बारीतर्फ गएका महतो नफर्कीएपछि बुधबार बिहान खोजी गर्दा उखुवारीमा शव पाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानजारी दिए । घाँटी र ढाडमा निलडाम र घिसारिएको चोटहरु महतोको शरीरमा देखिएको छ ।

शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको साथै हत्या्को बिस्तृत अनुसन्धान भैरहेकोप्र हरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here