कञ्चनपुर, मंसिर-२४ ।

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।

स्थानीबासी खड्ग बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेका हुन।

बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जनाए ।

विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको अवस्थामा शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद अवस्थामा फेला परेकाले थप अनुसन्धानको कार्य भइरहेको छ ।”

बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको हो भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here