आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

काठमाडौं, मंसिर-२४ ।

राजधानीका ७ वटा क्यासिनोमा नेपाल प्रहरीले गएराति एकसाथ छापा मारेको छ । क्यासिनोमा नेपाली नागरीकले प्रवेश गरेको आशंकामा छापा मारिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जनाए । छापा मारेपनि नेपाली नागरीक भने नभेटिएको उनले जनाए ।

उनका अनुसार नेपाली अनुहारका १६ जना समातिएका भए पनि अध्ययन गर्दा उनीहरु भारतीय भएको बोगटीले जनाए ।

प्रहरीले काठमाडौं हायात, याक एण्ड यति, मल्ल, सांग्रिला, सोल्टी लगायतका होटलमा छापा मारेको थियो । क्यासिनोमा नेपाली प्रवेश गरेको आशंकामा छापा मारिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *