social-crime-on-sunsari-district

सुनसरी, मंसिर-२४ ।
सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती/ लुटपाट गर्न आएको भारतीय समूह र प्रहरीबीच दोहोरो झडप भएको छ ।

गएराति ५ जनाको समूहमा आएका लुटेराहरुले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो ।

झडपकै क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा परी डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

समूहका अन्य लुटेरा भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये अन्य केहीलाई समेत गोली लागेको हुनसक्ने प्रहरीले बताएको छ ।

घटनास्थलमा दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली बारामत भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here