आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

काठमाडौं, मंसिर- २१ ।
गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा रिहा भएकि छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा रिहा भएकिन महानगरीय अपराध महाशाखाका स्रोतले जनाएको छ ।

काठमाडौं गौरिघाटको दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा संलग्न रहि मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा अघि बधाएको थियो ।

निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम खोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

मायाकै सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, रोशन र अमरलाई महानगरीय अपराध महाशाखाको टोलीले झापाको काँकडभिट्टाबाट समातेको थियो ।

दावा लामामाथि भएको गोली प्रहार र तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मायालाई भने कात्तिक १९ गते महाशाखाले राजधानीको ठूलो भर्‍याङबाट पक्राउ गरेको थियो ।

महाशाखाले पक्राउ गरेको अभियुक्तहरु राना, लोप्साङ र रोशन बुढाथोकीको बयानका आधारमा माया पक्राउ परेकि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *