संवाद तथा सुझाव आयोगले वीरगंजमा प्रदेश नं. २ को प्रदेश राजधानी र प्रदेशको नामांकन सम्बन्धित सुझाव संकलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोण समृद्ध, अन्तर्राष्ट्रियस्तरका मापदण्ड, मधेश आन्दोलनको उद्गमस्थल धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगंज नै हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा विभिन्न व्याक्तिले प्रदेश २ को नाम-जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेशमध्येबाट एक हुनुपर्ने सुझाव दिएका थिए ।
संवाद तथा सुझाव आयोगका संयोजक झाको सभापतित्वमा भएको सुझाव संकलन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, सांसद हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार लगायतका नेता तथा बौद्धिक समाजका व्यक्तिहरुले आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here