आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

अपराध, समाचार, समाज
जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् । झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजा...
कपाल मुडी जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ

कपाल मुडी जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ

अपराध, समाचार, समाज
सप्तरी, पुस ६ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ । चरित्रहीनको झुटो आरोप लगाइ कपाल काटेर जुत्ताको माला लगाइ अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दु:खेसो पोखिन् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपीलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । रासस...
निर्मला हत्या प्रकरणमा ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानी हुँदै

निर्मला हत्या प्रकरणमा ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानी हुँदै

अपराध, समाचार, समाज
काठमाडौं, पुस-६ । काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान जारी छ । तर, हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केन्द्रमा अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरोले घटनाको अनुसन्धान गरिरहेको छ । प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सिआइबीका डिएसपी नेतृत्वमा ८ जनाको विशेष टोलीले पनि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको छ । सुरुवाती चरणमा तत्कालीन प्रहरी नेतृत्व र अनुसन्धान टोलीबाट अनुसन्धानमा भएको कमजोरीका कारण अनुसन्धानमा जटिलता थपिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । झण्डै ५ महिना बित्न लाग्दा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारिँदै लगिएको बताउँदै आएको छ । तर, मुख्य अभियुक्तको पहिचान भने हुन सकेको छैन । पछिल्लो ५ महिनामा प्रहरीले अनुसन्धानका क्रममा के–के गर्यो त ? ad ad ad ९ हजार ‘कल...
निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

अपराध, समाचार, समाज
काठमाडौं, पुस-६ । बलात्कारपछि हत्या भएकि कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाव’ संग पक्राउ परेका विशाल र प्रदीपको डीएनए म्याच नभएको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० गत्ते नै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ गत्ते कञ्चनपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । प्रदीप र विशालको डीएनए परिक्षण प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा गरिएको थियो । अनुसन्धानको क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरि्सकिएको छ तर कसैको पनि म्याच भने भएको छैन । डीएन...
चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते  तामाङको खोजी कार्य तीव्र

चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते तामाङको खोजी कार्य तीव्र

अपराध, समाचार, समाज
रसुवा, पुस ५ । चोरीको आरोपमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोलीसहित तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजी कार्य सुरु गरिएकोे छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको आरोपमामा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जनाए । माथिल्लो त्रिशूली थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थ...

गुल्मीको छापहिलेमा एक ८८ वर्षीया बृद्धा बलात्कृत

अपराध, समाचार, समाज
गुल्मी, पुस-०३ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा एक बृद्दा बलात्कृत भएकि छिन । सोमबार दिउँसो १६ वर्षका एक किशोरले ८८ वर्षीया वृद्धालाई घरमै बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जनाए ।...
छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

छोराले कोदालो प्रहार गरेर आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते

अपराध, समाचार, समाज
दैलेख, पुस २ । दैलेख जिल्लाको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो ले प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् । साधारण घरायसी झगडा्को क्रममा आवेशमा आएर पालारामले कोदालो ले प्रहार गर्दा टाउकोमा चोट लागेकी ४५ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । झगडा छुट्याउन गएका छिमेकी मन्दरी नेपाली र कौसिला नेपाली पनि गम्भीर घाइते भएका भएका थिए । उनीहरुको भने जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पालारामलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ । ...
भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

भारतमा १० किलो चरेससहित नेपाली नागरीक पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुष-०२। छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित एक नेपाली नागरीक पक्राउ परेका छन् । भारतिय एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा चेकजाँचको क्रममा उनको झोलाबाट १० किलो चरेस बरामद भएको जनाएको छ । बरामद भएको चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजारमा २ करोड़ रुपैयाँ पर्ने समेत जनाईएको छ । भारतीय एसएसबीका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो नाम सोमदत्त कोहार र ठेगाना कृष्णनगर नगरपालिका–५ डबरा बताएको जनाएका छन् । ...
लागुऔषध माफिया रुपन्देहीमा रङ्गेहात पक्राउ

लागुऔषध माफिया रुपन्देहीमा रङ्गेहात पक्राउ

अपराध, समाचार, समाज
रुपन्देही, पुस ०१ । रुपन्देहीमा विगत लामो समयदेखि लागु औषध विक्रिवितरण ओसारपसारमा संलग्न गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का २७ वर्षीय दुर्गाप्रसाद चौधरी रहेका छन् । उनलाई सिद्धार्थनगर नगरपालिकास्थित गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट दुई/दुई एमएलको ३ हजार थान लागु औषध, एक/एक हजार पिस डाईजोपाम, नुफिन र फेनारगन बरामद भएको छ । यसको बजार मूल्य लगभग १५ लाख पर्न जाने प्रहरीले जनाएको छ । चौधरीले स्याउको पेटीमा लागु औषध राखेर जिल्ला बाहिर पठाउन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जनाए । प्रहरीले चौधरीसँगै काम गर्ने अन्य दुई जनाको पनि खोजी भईरहेको जनाएको छ ।...
कन्चनपुरमा चाउमिन खाँदा बिरामी भएका एकै घरका दुई बालकको मृत्यु

कन्चनपुरमा चाउमिन खाँदा बिरामी भएका एकै घरका दुई बालकको मृत्यु

अपराध, समाचार, समाज
कन्चनपुर । कृष्णपुर नगरपालिका–३ देखतभूलीका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेक बहादुर सुनारको मुत्यु भएको हो । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन खएर जाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि उनिहरुलाइ भर्ना गरिएको थियो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा आज बिहान बाटोमै दुवै जनाको मृत्यु भएको हो ।” ...