दैलेख, पुस २ ।

दैलेख जिल्लाको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो ले प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् ।

साधारण घरायसी झगडा्को क्रममा आवेशमा आएर पालारामले कोदालो ले प्रहार गर्दा टाउकोमा चोट लागेकी ४५ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

झगडा छुट्याउन गएका छिमेकी मन्दरी नेपाली र कौसिला नेपाली पनि गम्भीर घाइते भएका भएका थिए । उनीहरुको भने जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पालारामलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here