accident on kabhre

बनेपा, मंसिर-२५ ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३ स्थित चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेकै ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन ।

पनौतीदेखि रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नं प्लेटको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेको अवस्थामा श्रेष्ठलाई ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित श्री मेमोरियल अस्पतालमा लगिएको जनाईएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here