Lalitpur patriots on EPL

काठमाडौं, मंसिर २४ ।

पोखरा राइनोजलाई ८ विकेटले हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुरले पोखरालाई हराउदै ८ विकेटले विजयी भएको हो ।

पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर सजिलै पूरा गर्‍यो ।

ललितपुरका लागि सुरुवाती ब्याट्सम्यानको रुपमा आएका गौरव तोमरले सर्वाधिक ८२ रन जोड्दा जयकिसन कोल्सवालाले ५१ रन जोड्न सफल भए ।

खेलमा, टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल जोडेको थियो ।

पोखराको लागि भने दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभिले ८४ रन जोड्दा विनोद भण्डारीले अविजित ३४ रन जोडेका थिए ।

बलिङतर्फ ललितपुरका पवन सराफले ३ विकेट लिएर टिमको जित सहज बनाए ।

जारी प्रतियोगितामा ललितपुरको यो दोस्रो जित हो । पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले त्यसपछि लगातार दुई खेल जित्दै अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here