आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

काठमाडौं लगायत देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं लगायत देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

समाचार, समाज
माघ—९, काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश स्थानमा पानी परेको छ । गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ । नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो । वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ । झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिउँ परेको छ । चन्द्रागिरी, फूलचोकी, दामनलगायतका स्थानमा हिउँ परेको छ। यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चल...
टुँडिखेल वरिपरिका १ सय २५ वटा ‘ट्रि गार्ड’ हटाइए

टुँडिखेल वरिपरिका १ सय २५ वटा ‘ट्रि गार्ड’ हटाइए

समाचार, समाज
माघ—८, काठमाडौं । काठमाडौंको टुँडिखेल वरिपरि रहेका १ सय २५ वटा ट्रि गार्ड हटाइएको छ। जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो। हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका ‘ट्रि गार्ड’ हटाइएका हुन्। यस क्रममा पहिलो दिन ३५ वटा, दोस्रो दिन ४४ र तेस्रो दिन ४६ वटा बार निकालिएको बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिए। उनका अनुसार सुन्धारा, वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, जमल, दरबार मार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेटमा रहेका बार हटाइएका हुन्। यस क्षेत्रमा अब करिब १५ वटा साना बिरुवा छेकिएका बार मात्र बाँकी छन्। हटाइका ट्रि गार्डहरू टेकुमा राखिएका छन्। तिनीहरूलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ। ‘बिरुवा हुर्किसके...
कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

राजनीति, समाचार
माघ—८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार बसेकाे संसद बैठक अवरुद्ध गरेकाे छ । कांग्रेस संसदीय दलको बैठकले माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरे अनुसार आज पनि संसद अवरूद्ध गरेकाे हाे । कांग्रेसका पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्चालित दुई अस्पताललाई सरकारले केन्द्र सरकारको मातहतमा नराखी विघटनको प्रक्रियामा अघि बढाएपछि प्रमुख विपक्षी दलले विरोध गर्दै सोमबारको बैठक अबरुद्ध गरेको थियो। त्यसपछि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक सभामुख कृष्णबहादुर महराले सुरू गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उभिएर विरोध जनाएका थिए। सभामुख महराले कांग्रेसका नेता प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए। उनले सरकारको निर्णय नसच्याएसम्म सदन चल्न नसक्ने अडान लिँदै कांग्रेसले आजको बैठक बेल घेराउ गरेको छ। ...
विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग प्रा.डा. केसीको आग्रह

विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग प्रा.डा. केसीको आग्रह

शिक्षा, समाचार, स्वास्थ्य
माघ—८, काठमाडौं । विगत १४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. केसीले त्यहीँबाट मंगलबार एक भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका छन् । डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग सरकारले गरेको सहमतिअनुसार ऐन पारित गर्न अपिल समेत गरेका छन् । अनशनरत डा. केसीलाई उनको स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार आइसीयुकक्षबाट जनरल वार्डमा सारिएको थियो । सोमबारदेखि डा. केसीलाई गणेशमान सिंह नाक, कान, घाँटी भवनमा सारिएको छ । उनी विगतमा समेत यही भवनमा अनशन बसेका थिए ।...
स्ववियु निर्वाचन आउनलाग्दा समेत केही रौनक देखिएन

स्ववियु निर्वाचन आउनलाग्दा समेत केही रौनक देखिएन

राजनीति, समाचार
माघ—८, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन एक महिना बाँकी हुँदासमेत विद्यार्थी संगठनबीच अझै निर्वाचन हुने वा नहुने भन्नेमा अन्योल छ । १० वर्षपछि हुन लागेको यो निर्वाचनले विद्यार्थी संगठनमा जुन उत्साह देखिनुपर्ने हो, त्यो देखिएको छैन । विद्यार्थी वृत्तमामात्र हैन, राष्ट्रियस्तरमै महत्वका साथ हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दासमेत यसपटक कुनै रौनक देखिएको छैन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म समय तालिका भने सार्वजनिक गरेको छैन । कुनैबेला आन्दोलनको संवाहककारुपमा हेरिने गरिएको स्वतन्त्र विद्यार्थी युनियनको भूमिका पछिल्लो समय निस्कृय देखिन थालेको छ । नेपाल विद्यार्थी संघ पनि आन्तरिक किचलोको कारण आफैं थलिएको छ भने अनेरास्ववियु र क्रान्तिकारीको एकीकर...
अनशनरत प्रा.डा. केसीलाई सांसद योगेश भट्टराईको जवाफ

अनशनरत प्रा.डा. केसीलाई सांसद योगेश भट्टराईको जवाफ

राजनीति, समाचार
माघ—८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित हुँदा अनसनरत डाक्टर गोविन्द केसीले उत्सव मनाउनु पर्ने बताएका छन्। मंगलबार बिहान डा केसीले सांसदहरूलाई जनतामुखी ऐन बनाउन गरेको अनुरोधको जवाफमा सांसद भट्टराईले केसीको अनुरोधलाई स्वागत र सम्मान गर्ने बताएका हुन्। ‘चिकित्सा शिक्षा विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सा शिक्षाको सुधारका लागि यस् अघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाव, विभिन्न राजनीतिक दल तथा संघ/ संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलनसमेतका आधारमा चिकित्सक शिक्षा विधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वाश दिलाउन चाहन्छु,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ...
युएईविरूद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम आज युएई जाँदै

युएईविरूद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम आज युएई जाँदै

खेलकुद, समाचार
माघ—८, काठमाडौं । युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ। नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्। आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो। नेपालले युएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ। माघ ११ गते- पहिलो एक दिवसीय माघ १२ गते - दोस्रो एक दिवसीय माघ १४ गते - तेस्रो एकदिवसीय माघ १७ गते - पहिलो टी–२० माघ १८ गते - दोस्रो टी २० माघ २० गते - तेस्रो टी २० यसैबीच बंगलादेश प्रिमियर लिग (बीपीएल) र अष्ट्रेलियाको बिग ब्यास लिग खेलेर युवा बलर सन्दीप लामिछाने स्वदेश फिर्ता भइसकेका छन्। एक दिवसीय मान्यता पाएपछि न...
भट्ट हत्या प्रकरणमा फराररहेका दुईजना पक्राउ

भट्ट हत्या प्रकरणमा फराररहेका दुईजना पक्राउ

अपराध, समाचार, समाज
माघ-८, कैलाली कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगर रहेका छन । मगरलाई धनगढी र शाहलाई गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जनाएका छन । उनका अनुसार मगर र शाहले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अभियोगको पक्राउ गरिएको हो । यसअघि नै प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर, सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–...
मंगलबार बिहान थापाथली केन्द्र बनाएर भूकम्प गयो

मंगलबार बिहान थापाथली केन्द्र बनाएर भूकम्प गयो

समाचार, समाज
माघ-८, काठमाडौं । मंगलबार बिहान राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार बिहान साढे ११ बजे गएको भूकम्प ३.३ रेक्टर स्केलको थियो । ११ बजेर २६ मिनेटमा भएको भूकम्पको केन्द्र राजधानीको थापाथली आसपासमा रहेको केन्द्रले जनाएको छ ।
के तपाईले फेसबुकमा १० वर्ष पुरानो फोटो हाल्नुभयो? तपाईंको पहिचान त चोरी भइरहेको छैन?

के तपाईले फेसबुकमा १० वर्ष पुरानो फोटो हाल्नुभयो? तपाईंको पहिचान त चोरी भइरहेको छैन?

समाचार, समाज
माघ-८, काठमाडौं । फेसबुकमा केही दिनयता दस वर्ष पुराना तस्बिर छ्यापछ्याप्ती छन्। यसैको देखासिकी ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा पनि 'टेन इयर्स च्यालेन्ज' भन्दै १० वर्ष पुराना तस्बिर हाल्ने होड छ। हलिउड, बलिउडका सेलेब्रेटीदेखि नेताहरूले समेत फेसबुकको चुनौती स्वीकार्दै आफ्ना पुराना तस्बिर अपलोड गर्न थालेका छन्। यो अभियान कसले सुरू गर्यो भन्ने यकिन छैन। फेसबुक संस्थापक मार्क जुकरवर्गको पुरानो र नयाँ तस्बिर प्रयोगकर्ताहरूको 'वाल' मा देखिन थालेपछि यसको लहर फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। अहिले संसारभरमा ५ करोड २० लाखभन्दा बढी प्रयोगकर्ता फेसबुकको चुनौतीमा सहभागी भइसकेका छन्। अधिकांश प्रयोगकर्ता यो खेलमा रमाइरहेका छन्। केहीले भने गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको सवाल छ- फेसबुकमा १० वर्ष पुरानो र हालको फोटो राख्नु कति सुरक्षित छ? कतै यो फेसबुकले आफ्नो 'अनुहार...