आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा समस्या

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा समस्या

समाचार, समाज
काठमाडौं — १३, माघ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा केहीबेरअघि १६ सय मिटर भिजिबिलिटी थियो । यो भिजिबिलिटीमा ‘मल्टि जेट’ इन्जिन जहाज उडान गर्न सकिन्छ तर अवतरण गर्न कठिन हुन्छ । आन्तरिकतर्फका सबै उडान अवतरण बन्द छन् । केही हेलिकोप्टरले उडान शुरु गरेका छन् । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन...
एफए कप फुटबलमा बर्न्लेलाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

एफए कप फुटबलमा बर्न्लेलाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं — १३, माघ । एफए कप फुटबलमा बर्न्लेलाई पाखा लगाउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको चौथो चरणको खेलमा सिटीले बर्नलेलाई ५–० को विशाल गोल अन्तरले पराजित गर्यो । म्यान सिटीको जितमा ग्याब्रियल जिसस, बर्नार्डो सिल्भा, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे भने बन्लेका केभिन लङले एक आत्मघाती गोल गरे । एफए कप चौथो चरणका अन्य खेलहरुमा भने ए.एफ.सी विम्बल्डनले वेष्ट ह्याम युनाईटेडलाई ४–२ ले पराजित गर्दा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–० ले हरायो । उता स्वान्सी सिटीले गिलिङ्घमलाई ४–१ ले हराउदा मिलवालले एभर्टनलाई ३–२ ले पराजित गर्यो । ...
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

खेलकुद, समाचार
काठमाडौं — १३, माघ । स्पेनिस ला लिगा फुटबलमा गएराती भएका खेलहरुमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड गेटाफेलाई २–० ले हराउदै बिजयी भयो । एथ्लेटिको को जितमा एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड पाएर मैदान छाडेपछि टोली ९ जनामा सेमटिएको थियो । गएराती नै भएको ला लिगाको अन्य खेलमा सेभियाले लेभान्तेलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को शानदार जित निकाल्यो । स्पेनिस ला–लिगा फुटबलमा आज भने पाँच खेल हु्दैछन् । आज शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनासँग प्रतिस्पर्धा गर्दा चौथो स्थानको रियाल मड्रिडले ईस्पानियोलसँग भिड्नेछ ।...
शसस्त्रका एसपी पोखरेलको सवारी दुर्घटनामा मृत्यु, सीडीओ घाइते

शसस्त्रका एसपी पोखरेलको सवारी दुर्घटनामा मृत्यु, सीडीओ घाइते

समाचार, समाज
बारा — १३, माघ । बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गणेश भट्टराईसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्किएको बा १ झ १६३३ नम्बरको स्कार्पियो जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको सो जिप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको प्...
रुकुम (पश्चिम)मा चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते

रुकुम (पश्चिम)मा चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते

समाचार, समाज
माघ — ९, रुकुम । रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३, माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीकाअनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् । त्यस्तै, जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । चट्याङ लाग्दा जीतबहादुरको चारकोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ । (रासस)...
रणवीरलाई दीपिकाले गरिन उनको गितबाटै प्रशंसा

रणवीरलाई दीपिकाले गरिन उनको गितबाटै प्रशंसा

मनोरन्जन, समाचार
माघ—९, काठमाडौँ । बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोण एक–अर्कालाई प्रेम देखाउन कुनैपनि कसर बाँकी राख्दैनन् । एकपटक फेरि उनीहरूको प्रेमसम्वन्धको चर्चा वलिउडमा देखिएको छ । दीपिकाले रणवीर्लाई इन्डिया टुडेमा भनेकी छिन्, ‘तिम्रो दिन आयो बेबी !’ यो गीत भने रणवीरको अव आउँदै गरेको फिल्म ‘गली बोइ’को हो । उक्त गीत रणवीर आफैँले गाएका छन् । रणवीरको फिल्म सिम्बा सफल भएपछि पत्नी दीपिका र रणवीरका फ्यान खुसी नहुने कुरै भएन । अहिले उनको यो गीत खुब हिट छ । दीपिकाले गीतकै लाइनबाट तारिफ गरेपछि रणवीरले पनि कमेन्टमा जवाफ दिएका छन्, ‘तिमी जो मैले पाएँ ।’ यो भन्दा अघि पनि दीपिकाले मिडियामा रणवीरको सिम्बाको एक संवाद बोलेकी थिइन् । उता रणवीर सधैँ आफ्नो सफलताको कारण दीपिकालाई मान्छन् । रणवीर भनिरहेका हुन्छन् कि दीपिका उनलाई सधैँ उत्प्रेरणा दिइरहन्छिन् । रणवीरको ‘गली बोइ’ १४ फेब्रुअरीमा रिलिज हुँदै छ...
प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

अपराध, समाचार, समाज
माघ—९, राजविराज । सप्तरी जिल्लामा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार प्रहरीको हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् । नियमित गस्तीमा राजविराजबाट रुपनीतर्फ गइरहेको प्रहरी टोलीमाथि रुपनीबाट राजविराजतर्फ आइरहेका मोटरसाइकलमा सवार ब्यक्तिले गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी बिष्टले जानकारी दिए। मोटरसाइकल चलाइरहेका अर्का ब्यक्ति भने अध्यारोको फाइदा उठाउँदै भागेको उनले बताए। प्रहरी कारवाहीमा मारिएका चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै साता अ...
काठमाडौं मलको समस्याबाट निकास दिन महराको नेतृत्वमा तदर्थ समिति गठन

काठमाडौं मलको समस्याबाट निकास दिन महराको नेतृत्वमा तदर्थ समिति गठन

आर्थिक, समाचार
माघ—९, काठमाडौँ । द काठमाडौं मल व्यवसाय संघले निकास पाएको छ । शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलताको अन्त्य भएको हो । अर्को व्यवस्थासम्म मलको स्वामित्व रहेको कर्मचारी सञ्चयर्लाइ नै व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीहरुले आग्रह गरेका थिए । सोही आग्रह अनुसार कोषले मल व्यवस्थापनको जिम्मेवारी लिएको छ । यससँगै कोषलाई भवन व्यवस्थापन नदिन विचौलियाले गरेको ठूलो कसरत विफल भएको छ । विवादपछि लामो समयदेखि द काठमाडौं मल ब्यवसाय संघको अध्यक्ष रहेका समिर उद्दीन शेखले राजिनामा दिएका छन् । उनको राजानिमासँगै सुषमा महरा र देवेन्द्र केसीको नेतृत्वमा छुट्टाछुट्टै बनेका समितिलाई द काठमाडौं मल ब्यवसाय संघमा समाहित गरिएको छ । वर्तमान अवस्थामा व्यवसायीका हकहितका लागि काम गरेर अन्योलताबाट निकास दिन महराको नेतृत्वमा ७ सदस्यीयदर्थ समिति गठन भएको छ । समितिमा म...
बस र बारुणयन्त्र एक-आपसमा ठोक्किँदा २७ जना घाइते

बस र बारुणयन्त्र एक-आपसमा ठोक्किँदा २७ जना घाइते

समाचार, समाज
माघ—९, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नम्बरको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । (रासस)...
शनिबारसम्म काठमाडौंमा बादल र वर्षा हुने सम्भावना

शनिबारसम्म काठमाडौंमा बादल र वर्षा हुने सम्भावना

समाचार, समाज
माघ—९, काठमाडौँ । पश्चिमी वायूको प्रभावले देशका अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा पनि मंगलबार रातिदेखि भएको वर्षा जारी छ। झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरि नै राजधानीमा बादल लाग्नेछ भने दिउँसो केहीबेर रोकिए पनि साँझ फेरि पानी पर्नेछ। ‘दिउँसो केहीबेर पानी रोकिए पनि बेलुका फेरि वर्षा हुनेछ,’ महाशाखाकी बरिष्ठ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘बिहीबार पानी पर्ने सम्भावना छैन तर बादल भने लाग्नेछ।’ उनका अनुसार शुक्रबार फेरि राजधानीमा वर्षा हुने सम्भावना छ। ‘अहिले वर्षा भइरहेको पश्चिमी वायू नसकिदै अर्को वायू आउने क्रममा छ, त्यसले पश्चिमी क्षेत्रमा भोलि र मध्यक्षेत्रमा शुक्रबार व...