दीपिका_पादुकोण_र_रणवीर_सिंह

माघ—९, काठमाडौँ ।

बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोण एक–अर्कालाई प्रेम देखाउन कुनैपनि कसर बाँकी राख्दैनन् । एकपटक फेरि उनीहरूको प्रेमसम्वन्धको चर्चा वलिउडमा देखिएको छ । दीपिकाले रणवीर्लाई इन्डिया टुडेमा भनेकी छिन्, ‘तिम्रो दिन आयो बेबी !’

यो गीत भने रणवीरको अव आउँदै गरेको फिल्म ‘गली बोइ’को हो । उक्त गीत रणवीर आफैँले गाएका छन् ।

रणवीरको फिल्म सिम्बा सफल भएपछि पत्नी दीपिका र रणवीरका फ्यान खुसी नहुने कुरै भएन । अहिले उनको यो गीत खुब हिट छ । दीपिकाले गीतकै लाइनबाट तारिफ गरेपछि रणवीरले पनि कमेन्टमा जवाफ दिएका छन्, ‘तिमी जो मैले पाएँ ।’

यो भन्दा अघि पनि दीपिकाले मिडियामा रणवीरको सिम्बाको एक संवाद बोलेकी थिइन् । उता रणवीर सधैँ आफ्नो सफलताको कारण दीपिकालाई मान्छन् । रणवीर भनिरहेका हुन्छन् कि दीपिका उनलाई सधैँ उत्प्रेरणा दिइरहन्छिन् । रणवीरको ‘गली बोइ’ १४ फेब्रुअरीमा रिलिज हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here