एथ्लेटिको मड्रिड

काठमाडौं — १३, माघ ।

स्पेनिस ला लिगा फुटबलमा गएराती भएका खेलहरुमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड गेटाफेलाई २–० ले हराउदै बिजयी भयो ।

एथ्लेटिको को जितमा एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड पाएर मैदान छाडेपछि टोली ९ जनामा सेमटिएको थियो ।

गएराती नै भएको ला लिगाको अन्य खेलमा सेभियाले लेभान्तेलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को शानदार जित निकाल्यो ।

स्पेनिस ला–लिगा फुटबलमा आज भने पाँच खेल हु्दैछन् ।

आज शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनासँग प्रतिस्पर्धा गर्दा चौथो स्थानको रियाल मड्रिडले ईस्पानियोलसँग भिड्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here