आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

मिस्टर एण्ड मिस रोट्र्याक्ट सिजन-२ को अडिसन सम्पन्न

मिस्टर एण्ड मिस रोट्र्याक्ट सिजन-२ को अडिसन सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं — १४, माघ । दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्टका लागि यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिशन सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न भएको हो । ५ शहरबाट अडिसनमा करिब २०० जनाको सहभागिता अडिशनमा सहभागीहरुको छनौट नतिजा एक हप्तापछि मुख्य आयोजकले काठमाडौंबाट सार्बजनिक गर्नेछ । शनिबार नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, भैरहवा, इटहरी र चितवनमा एकै समयमा अडिसन सम्पन्न भएको छ । उक्त अडिशनमा कुल २०० जनाको सहभागिता रहेको थियो । देशैभरीबाट ७२ प्रतिस्प्रर्धी छनौट हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फाल्गुन २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने आयोजकले जनाएको ...
मनाङ मदन भण्डारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मदन भण्डारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं — १४, माघ । लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आयोजक राष्ट्रिय जागृति (राजा) क्लबलाई २–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको इटहरी रंगशालामा आइतबार पहिलो हाफमा मनाङ मस्र्याङ्दीको खेल निकै फितलो देखियो । आयोजकले घरेलु मैदानको फाइदा उठाउँदै खेलको ३० मिनेटसम्म मनाङलाई निकै दबाबमा राख्यो । दर्शकको समर्थन पाएको राजा क्लबको दबाबमा रहेको मनाङका सुजल श्रेष्ठले खेलको ३७ औं मिनेटमा अग्रता दिलाए । बल्ल त्यसपछि मनाङका खेलाडी लयमा देखिए । मध्यान्तरपछिको अठारौं मिनेटमा राजा क्लबका उमेश राईले गोल गरी खेल १–१ को बराबरीमा ल्याए । मनाङका गोलरक्षक विशाल श्रेष्ठको अलमललाई सदुपयोग गर्दै राईको हेड प्रहारलाई विराज महर्जनले गोल लाइनमा क्लियर गर्ने प्रयास गरेका थिए । केहीबेर गोल भएको हो कि होइन भन्ने दोधार थियो । तर रेफ्री सुविस पाण्...
प्रा.डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

प्रा.डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं — १३, माघ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो । आज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन आह्वान गरेको छ । चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले दुई तिहाइको दम्भ देखाएर ३ करोड जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले सरकारले डा.केसीको माग पूरा नगरे जस्तोसुकै आन्दोलनमा उत्रन तयार रहेको चेतावनी पनि दिए । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा.केसी १९ दिन देखि अनशनमा छन् । (ईमेज खबर)...
कांग्रेसका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा

कांग्रेसका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा

राजनीति, समाचार
काठमाडौं — १३, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिएका छन् । सरकार संसदीय मर्यादा विपरीत चलेको आरोप लगाउँदै नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकारको विरोध गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चिकित्सा शिक्षा विधेयक खारेज गर्नु पर्ने, आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न नहुने, अनसनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् । विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रदर्शनलाई ध्यानमा राखी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । (ईमेज खबर)...
चिकित्सा शिक्षा विधेयक, ‘पहाड खनेर मुसा निकालेजस्तै’: विवेकशील साझा

चिकित्सा शिक्षा विधेयक, ‘पहाड खनेर मुसा निकालेजस्तै’: विवेकशील साझा

राजनीति, समाचार
काठमाडौं — १३, माघ । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा विधेयक ‘पहाड खनेर मुसा निकालेजस्तै’ भएको बताएको छ । राजधानीमा आइतबार सो पार्टीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौताविपरीत विधेयक पारित भएको भन्दै विरोधस्वरुपद्ध प्रदर्शन र सभा आयोजना गरेको थियो । सभामा सो पार्टीका प्रवक्ता डा. सुर्य आचार्यले भने, ‘चिकित्सा शिक्षा विधेयक पहाड खनेर मुसा निकालेजस्तै छ, संसदीय सर्वोच्चता जनताको हितमा वा सीमित व्यापारीको हितमा प्रयोग गर्ने हो ? यो आजको यक्ष प्रश्न हो ।’ सभामा मुगुको विकट मुर्मा गाविसमा स्वास्थ्य चौकी स्थापनाका लागि अगुवाई गरेका समाजसेवी एवं अभियन्ता बिर्खबहादुर रोकायाले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच नहुँदा आफ्ना तीन छोरा गुमाउनु परेको पीडा सुनाए । राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । (इमेज खबर)...
अझै हटेन तुइनको सकस

अझै हटेन तुइनको सकस

समाचार, समाज
दार्चुला — १३, माघ । ‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो,’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो । तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष यहाँ दुई/तीनजनाले ज्यान गुमाउने गर्छन् । यो यथार्थ हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा मात्र चार जनाले ज्यान गुमाइसकेका छन् । नदी वारपार गर्ने क्रममा गत वैशाख २४ गते व्यास–२ का ३५ वर्षीया शकुन्तला भण्डारी, असार १ गते दुहुँ–३ का १६ वर्षीय कञ्चन लोथ्याल, साउन १७ गते व्यास–५ का १८ वर्षीय रवि धामी र भदौ ११ गते महाकाली नगरपालिका–१ का ४५ वर्षीय जीतबहादुर बमको महाकाली नदी वारपार गर्दा ज्यान गएको हो । विगतमा तुइनका कारण मृत्यु भएकाको तथ्याङ्क भने प्रहरीसँग छैन । तर, स्थानीय बासिन्दाका अनुसार हरेक वर्ष दुई तीनजनाको तुइनबाट महाकालीमा खसेर ज्यान गुम्ने गरेको छ । नेपाल सरकारले २०७२ सालदेखि नै देशभरका...
‘मिसेस व्यूटी क्वीन’को ताज शान्तिले पहिरिन

‘मिसेस व्यूटी क्वीन’को ताज शान्तिले पहिरिन

मनोरन्जन, समाचार
काठमाडौं — १३, माघ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरेकी छिन्। कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जितेकी हुन्। योसँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरेकी छिन्। सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतावराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भने, “मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताक...
पत्रकार किरण अधिकारी दक्ष ईन्टरनेशनल अवार्डबाट सम्मानित

पत्रकार किरण अधिकारी दक्ष ईन्टरनेशनल अवार्डबाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं — १३, माघ । दक्ष ईन्टरनेशनल प्रालि द्वारा आयोजित मिस एण्ड मिसेस व्युटिफुलको,२०१९ को ग्राण्ड फिनालेको दिन मोफसलको जिल्ला नुवाकोटमा रहेर निरन्तर पत्रकारिता र समाजसेवाको क्षेत्रमा योगदान दिदै आफुलाई क्रियाशील बनाएको भन्दै थप उर्जाशिल भएर लागिपर्न प्रेरणा मिलोस भन्दै दक्ष ईन्टरनेशनल प्रालिले पत्रकार अधिकारीलाई दक्ष ईन्टरनेशनल अवार्ड, २०१८ द्वारा सम्मानित गरेको आयोजक संस्थाका सिईओ राज पाण्डेले जनाए । आयोजकको तर्फबाट सिईओ राज पाण्डे, काठमाडौं महानगरपालिकाको उपप्रमुख तथा प्रमुख अथिति हरिप्रभा खड्गी ,बि्शेष अथिति बरिष्ठ कलाकार किरण केसीले पत्रकार अधिकारी लाई सम्मानित गर्नु भएको हो । राष्ट्रिय नाचघरमा दक्ष ईन्टरनेशनलले आयोजना गरेको मिस एण्ड मिसेज ब्युटिफुल नेपाल २०१८ को फाइनल कार्यक्रमको अधिकारीलाई उक्त सम्मान गरिएको हो । पत्रकार अधिकारी २०५५ साल देखि निरन्तर पत्रकारिता साथै के...
चलचित्र दालभात तरकारीको ‘भिजिट भिसामा’ गीत सार्वजनिक (भिडियो सहित)

चलचित्र दालभात तरकारीको ‘भिजिट भिसामा’ गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं — १३, माघ । महसंचारको प्रस्तुती एवं किरण केसिको चलचित्र दालभात तरकारीको पहिलो गीत भिजिट भिसामा सार्वजनिक भएको छ । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनीक गरिएको छ । सार्वजनीक गीतमा आज सम्म कुनै भिडियोमा नदेखिएका काठमाडौं भित्रका लोकेशन देखाइएको छ । पहिलो पटक त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भित्र गीत छायांकन गरिएको छ । सार्वजनीक गीतमा हरिवंश आचार्य , निरुता सि , पुष्प खड्का , आँचल शर्मा , बर्षा राउत , राजाराम पौडेल लगायतका कलाकार देख्न सकिन्छ । चलचित्रको यो गीतलाइ अन्जु पन्त र निशान भट्टराइले आवाज दिएका छन् भने संगीत शम्भुजित बास्कोटाले दिएका छन् । गीत हरिवंश आचार्यले लेखेका हुन् भने कबिराज ले कोरियोग्राफि गरेका छन् । सुदन केसिको निर्देशन रहेको चलचित्र दालभात तरकारी बैसाख १३ गते सार्वजनिक हुदैछ । भिडियो: https://youtu.be/hvvBJWYAHJs...
चर्चित कलाकार महादेव त्रिपाठीको ‘जादुगर २–जोकर’ चलचित्रको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चर्चित कलाकार महादेव त्रिपाठीको ‘जादुगर २–जोकर’ चलचित्रको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

मनोरन्जन, समाचार
काठमाडौं — १३, माघ । चलचित्र ‘जादुगर २ – जोकर’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनारामा रहेको चलचित्रको ट्रेलर भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा कलाकर महादेव त्रिपाठीलाई जोकरका रुपमा देखाइएको छ । याक इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहेको चलचित्रमा महादेव त्रिपाठीको निर्देशन, विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रहेको छ । चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सुर्य चन्द रेशम फिरिरीलागायतका कलाकारहरुको अभिनय रहको छ । रिच ईन...