विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो’ भव्य रुपमा सम्पन्न, पूर्वाञ्चलवासी रमे रंगीन साँझमा
काठमाडौं — १४, माघ ।
राजधानीमा मात्र केन्द्रित रहदै आएको फेशन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा नेपालका बिभिन्न स्थानहरुमा आयोजना गरेको फेशन शो सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न भएको छ ।
बिराटनगरको पुष्पलाल चोक स्थित रमणीय भेन्यू ड्रिम गार्डेनमा सम्पन्न भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ५० जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्याम्पमा उत्रिएका थिए ।
उक्त शोमा पेजेन्ट नेपालकी नेपालकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले तयार पारेको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा ४ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।
कल्चलर ड्रेस, व...









