काठमाडौं — १४, माघ ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

आठराई गाउँपालिका–७, थोक्लुङका ५० वर्षीय उमानाथ बुढाथोकीको हत्यामा सम्लग्न भएको आरोपमा अदालतले दोषी ठहर्याएका मोरङ डाँगीहाटका २५ वर्षीय मिलन ओझालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौंबाट पक्राउ गरी तेह्रथुम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।
ओझासहित केही व्यक्तिले २०७० कात्तिक १८ गते थोक्लुङका बुढाथोकीलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका थिए ।

बुढाथोकीको उपचारका क्रममा कात्तिक २३ गते मृत्यु भएको थियो । बुढाथोकीका छोरा वीरबहादुरको किटानी जाहेरीका आधारमा प्रहरीेले कात्तिक २४ गते उजुरी दर्ता गरेको थियो । ओझालाई तेह्रथुम जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको छ । उनलाई सोमबार जिल्ला अदालतमा बुझाउने तयारी रहेको प्रहरी प्रवक्ता गौतमले बताए ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here