काठमाडौं — १४, माघ ।
बलिउडमा नायिकाको दमले मात्र चलचित्र चल्दैन भनिन्छ । तर, नायिका कंगना रनावत यस्ती कलाकार हुन्, जो आफ्नै दमले चलचित्र चलाउने हिम्मत राख्न सक्छिन् । उनले अभिनय गरेका चलचित्रको व्यापारले पनि यो कुराको पुष्टी गर्छ ।
नायिका कंगनाले अभिनय गरेको चलचित्र ‘मणिकर्णिका’ अहिले बक्स अफिसमा सफलताका साथ चलिरहेको छ । भारतको गणतन्त्र दिवसको फाइदा उठाएको यो चलचित्रले ३ दिनमा ४२ करोडको कमाई गरेको छ । चलचित्रले शुक्रबार ८.७५ करोडको कमाई गरेको थियो । शनिबार परेको गणतन्त्र दिवसको बिदामा चलचित्रले १८.१० करोडको कमाई गर्यो ।
आइतबारको बिदाको पनि चलचित्रले फाइदा निकालेको छ । चलचित्रले आइतबार १५.७० करोडको कमाई गरेको छ । ३ दिनमा कंगनाको मुख्य भूमिका रहेको चलचित्रले ४२ करोड कमाई गर्दै बक्स अफिसमा अन्य चलचित्रलाई चुनौती दिएको छ । भारतमा चलचित्रको समिक्षा सुखद छ । यसैले पनि आगामी दिनमा चलचित्रको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ ।
(अनलाईन खबर)