आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

चलचित्र दालभात तरकारीको ‘भिजिट भिसामा’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं — १३, माघ ।

महसंचारको प्रस्तुती एवं किरण केसिको चलचित्र दालभात तरकारीको पहिलो गीत भिजिट भिसामा सार्वजनिक भएको छ । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनीक गरिएको छ ।

सार्वजनीक गीतमा आज सम्म कुनै भिडियोमा नदेखिएका काठमाडौं भित्रका लोकेशन देखाइएको छ । पहिलो पटक त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भित्र गीत छायांकन गरिएको छ ।

सार्वजनीक गीतमा हरिवंश आचार्य , निरुता सि , पुष्प खड्का , आँचल शर्मा , बर्षा राउत , राजाराम पौडेल लगायतका कलाकार देख्न सकिन्छ । चलचित्रको यो गीतलाइ अन्जु पन्त र निशान भट्टराइले आवाज दिएका छन् भने संगीत शम्भुजित बास्कोटाले दिएका छन् । गीत हरिवंश आचार्यले लेखेका हुन् भने कबिराज ले कोरियोग्राफि गरेका छन् ।

सुदन केसिको निर्देशन रहेको चलचित्र दालभात तरकारी बैसाख १३ गते सार्वजनिक हुदैछ ।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *