Sansad awarudda

माघ—८, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार बसेकाे संसद बैठक अवरुद्ध गरेकाे छ । कांग्रेस संसदीय दलको बैठकले माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरे अनुसार आज पनि संसद अवरूद्ध गरेकाे हाे ।

कांग्रेसका पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्चालित दुई अस्पताललाई सरकारले केन्द्र सरकारको मातहतमा नराखी विघटनको प्रक्रियामा अघि बढाएपछि प्रमुख विपक्षी दलले विरोध गर्दै सोमबारको बैठक अबरुद्ध गरेको थियो।

त्यसपछि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक सभामुख कृष्णबहादुर महराले सुरू गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उभिएर विरोध जनाएका थिए।

सभामुख महराले कांग्रेसका नेता प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए। उनले सरकारको निर्णय नसच्याएसम्म सदन चल्न नसक्ने अडान लिँदै कांग्रेसले आजको बैठक बेल घेराउ गरेको छ।

बैठकमा बोल्दै कांग्रेस सांसद सिंहले गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाका नामका अस्पताल केन्द्र सरकारमातहत चलाउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने घोषणा गरे।

सांसद सिंह बोले लगत्तै कांग्रेस सांसदहरु उठेर रोष्टम घेरेका थिए। त्यहि बेला सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकाले आसन ग्रहण गर्न आग्रह गरे पनि सांसदले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए।

त्यसक्रममा मर्यादापालक र कांग्रेस सांसदहरुबीच ठेलाठेल भएको थियो। सो क्रममा कांग्रेस सांसदहरुले बैठक चल्न नदिने अडानका साथ सरकार र सभामुखविरुद्ध नाराबाजीसमेत गरेका थिए। त्यसपछि सभामुख महराले आजको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

(सेतोपाटी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here