बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

काठमाडौं लगायत देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

माघ—९, काठमाडौँ ।

पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश स्थानमा पानी परेको छ ।

गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ । नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो ।

वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ ।

झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिउँ परेको छ । चन्द्रागिरी, फूलचोकी, दामनलगायतका स्थानमा हिउँ परेको छ।

यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो ।

काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

यो सँगै चिसो पनि निकै बढेको छ । भोलिदेखि भने मौसममा सुधार आउने बताइएको छ ।
(ईमेज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *