bhatta crime case

माघ-८, कैलाली

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगर रहेका छन ।

मगरलाई धनगढी र शाहलाई गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जनाएका छन । उनका अनुसार मगर र शाहले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अभियोगको पक्राउ गरिएको हो ।

यसअघि नै प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर, सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री रहेका छन् ।

घटनाका मुख्य दोषीलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम कार्वाही हुने प्रहरीले जनाएको छ ।

त्यसैगरी, अभियुक्तलाई भगाउने र लुकाउने कार्यमा संलग्न मतियारलाई सोही संहिताको दफा ३६ बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने र दफा १८६ बमोजिम पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनु पर्ने व्यवस्था रहेको र उनीहरु उपर सोही कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here