भारतले हवाई प्रवेश विन्दु भैरहवा दिने : मन्त्री अधिकारी
माघ-८, काठमाडौं ।
हालै भारत भ्रमण सकेर आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन्।
आगामी वर्षदेखि सञ्चालनको लागि तयार हुने लक्ष्य लिइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने ठानिएका बेला सरकारले गाँठो फुकाउने प्रयास गरेको छ। एकमात्र हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ।
भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्नेगरी हवाई रुट बनाउने काम भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्ती रविन्द्र अधिकारीले जानकारी दिए।
ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड...









