माघ-७, काठमाडौं ।
कलाकार गणेश मुनालको सोमबार निधन भएको छ।
मुनालको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएका छन। विगत केहि समयदेखि उनी दमको समस्याबाट पीडित थिए।
केही टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका मुनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरीने जनाइएको छ।
उनले सेतो बाघ, प्रेमयुद्ध, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन भने प्रदर्शनमा आउन लागेको चलचित्र गोपीमा समेत उनको अभिनय रहेको छ।