आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

त्रिशूलीमा ट्रक खस्यो

माघ-७, रत्ननगर

चितवनबाट नुवाकोट जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।

गए राति ११:२५ बजे ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जनाएका छन ।

बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *