आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरीमा रोकिए

खेलकुद, समाचार
काठमाडौं— २२, माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्टह्याम युनाईटेड र लिभरपुलले बराबरीमा चित्त बुझाएका छन । गएराति लण्डनस्थित वेष्टह्यामको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकि्यो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिएपनि त्यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । प्रिमियर लिग फुटबल अन्तर्गत २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५९ अंकको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा यथावत रहेको छ । चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा रहेको छ ।...
क्यामरुनको डाफिन्स फुटबल टीम पोखरा कपको सेमिफाइनलमा प्रवेश

क्यामरुनको डाफिन्स फुटबल टीम पोखरा कपको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलमा क्यामरुनको डाफिन्स फुटबल परिवार सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको बी टिमलाई ४-१ को गोल अन्तरले पराजित गर्दै डाफिन्स अन्तिम चारमा प्रवेश गरेको हो । डाफिन्सको जितमा यानिकले दुई गोल गरेको खेलमा आर्मीका विवेक बस्नेतले सान्त्वना गोल फर्काएका थिए । यसअघि थ्रीस्टार क्लबलाई पराजित गर्दै एपिएफ क्लव सेमिफाइनलमा पुगिसकेको छ । तेस्रो क्वार्टरफाइनल खेलमा मंगलबार नेपाल पुलिस क्लबले रिस्सो युनिभर्सिटीसंग भिड्दैछ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।...
अन्तर्राष्ट्रिय टि–२० सिरिजमा विजयी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

अन्तर्राष्ट्रिय टि–२० सिरिजमा विजयी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेख्नुभएको छ, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।” (रासस)...
ऐतिहासिक जीत निकालेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै

ऐतिहासिक जीत निकालेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । युएईसंगको एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ । नेपाली टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्नेछ । युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला आफ्नो पक्षमा पारेको थियो । एकदिवसीय तथा ट्वेन्टी–ट्वेन्टी श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ ले श्रृंखला जितेको हो । एकदिवसीय क्रिकेटतर्फ नेपालको यो दोस्रो श्रृंखला थियो भने ट्वेन्टी ट्वेन्टीतर्फ तेस्रो श्रृंखला रहेको थियो । नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय श्रृंखला बराबरी गरेको नेपालले हङकङ र नेदरल्याण्ड्स विरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला्मा भने पराजित भएको थियो । आईसीसीको कुनै पनि ढाँचाको क्रिकेट श्रृंखला नेपालल...
बर्नमाउथसँगको लज्जस्पद हार बेहोरेको चेल्सीको उत्कृष्ट पुनरागमन, हडर्सफिल्ड टाउनविरुद्द ५–० को शानदार जीत

बर्नमाउथसँगको लज्जस्पद हार बेहोरेको चेल्सीको उत्कृष्ट पुनरागमन, हडर्सफिल्ड टाउनविरुद्द ५–० को शानदार जीत

खेलकुद, समाचार
काठमाडौं— २०, माघ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ५–० ले पराजित गरेको छ । बर्नमाउथसँगको अघिल्लो खेलमा ४–० को लज्जास्पद हार ब्योहोरेपछि सवत्र अलोचित भएको चेल्सीले गएराति जित संगै उत्कृष्ट पुनरागमन गरेको छ । चेल्सीलाई जित दिलाउन एडिन हाजार्ड र गोन्जालो हिग्वेनले दुई–दुई गोल गरे भने डेभिड लुईजले थप एक गोल गरेका थिए । प्रिमियर लिग फुटबल अन्तगत नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई १–० ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–१ ले पराजित गर्‍यो । क्रिष्टल प्यालेसले फुल्हमलाई तथा कार्डिफ सिटीले बर्नमाउथलाई समान २–० ले पाखा लगाए । त्यस्तै बर्न्लेले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दा ब्राईटन र वाट्फोर्डले गोलरहित बराबरी खेले । प्रिमियर लिग अन्तर्गत आज राति दुई खेल हुनेछन् । आज म्या...
मार्चमा हुने भेनेजुएला र मारोक्को विरुद्धको खेलबाट अर्जेन्टिनी स्टार लियोनेल मेस्सी राष्ट्रिय टाेलीमा फर्कदै

मार्चमा हुने भेनेजुएला र मारोक्को विरुद्धको खेलबाट अर्जेन्टिनी स्टार लियोनेल मेस्सी राष्ट्रिय टाेलीमा फर्कदै

खेलकुद, समाचार
काठमाडौं— १८, माघ । अर्जेन्टिनाका स्ट्राइकर तथा अहिलेको समयका उत्कृष्ट फूटवल खेलाडी लियोनेल मेस्सी अन्तराष्ट्रिय खेलमा फर्किने भएका छन् । मेस्सी मार्चमा भेनेजुएला र मारोक्को विरुद्धको हुने खेलबाट अर्जेन्टिनाका लागि खेल्ने भएका छन्। २००१८ मा रसियामा सम्पन्न विश्वकपमा फ्रान्ससँग ४ - ३ गोल अन्तरले पराजित भए यता मेस्सीले अर्जेन्टिनाका लागि कुनै पनि अन्तराष्ट्रिय खेल खेलेका छैनन् । मार्च २२ मा भेनेजुएलासँगको खेलमा मेस्सी दुई सय १४ दिनपछि अर्जेन्टिनाका लागि मैदानमा उत्रने भएका छन् । मेस्सीले अर्जेन्टिनाका लागि एक सय २८ खेल खेल्दै ६५ गोल गरेका छन् । क्लव फूटवलको इतिहासमै उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले अर्जेन्टिनाका लागि भने कुनैपनि महत्वपुर्ण उपाधी जिताएका छैनन् ।...
जिरोनालाई पराजित गर्दै रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश

जिरोनालाई पराजित गर्दै रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— १८, माघ । कोपा डेल रे फुटबलको उपाधी दाबेदार रियाल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत गएराति भएको क्वाटरफाइनल दोस्रो लिग खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको दोस्रो लिगमा रियाललाई जिताउने क्रममा करिम बेन्जिमाले दुई गोल गरे भने मार्कस लोरेन्टले थप एक गोल गरे । पहिलो लिगको खेलमा रियालले जिरोनालाई ४–२ ले पराजित गरेको+ थियो । यो खेलसँगै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । रियालसँगै बार्सिलोना, भ्यालेन्सिया र रियाल बेटिसले सेमिफाइनलमा आफ्नो आफ्नो स्थान पक्का गरेका छन् ।...
यूएई विरुद्दको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल पराजित

यूएई विरुद्दको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल पराजित

खेलकुद, समाचार
काठमाडौं— १७, माघ ।  टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । युएईले दिएकाे १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ३२ रनमात्र बनऔन सक्यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले भने सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् । युएईका लागि महोम्मद नाभिद, सुल्तान एहमद र जोहर खानले समान २/२ विकेट लिए भने आमिर हायातले १ विकेट लिए । नेपालले सिरिजको दोस्रो खेल यहि शुक्रबार खेल्नेछ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियाे । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए । युएईका लागि ...
यस्तो बन्दै अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध क्रिकेट रंगशाला

यस्तो बन्दै अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध क्रिकेट रंगशाला

खेलकुद, समाचार
काठमाडौं— १७, माघ । अबको दुई वर्षभित्र क्रिकेट समर्थकले अन्तर्राष्ट्रियस्तरको रंगशालामा क्रिकेटको आनन्द उठाउन सक्नेछन् । धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएपछि दुई वर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शान्तिचोकमा बन्ने त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञानको संकायको भरतपुर महानगरपालिकाअन्तर्गत शान्तिचोकमा रहेको २० बिघा ६ कठ्ठा जमिनमा फाउन्डेसनले रंगशाला बनाउने भएको हो । त्यहाँ नेपाली संस्कृति झल्किने २५ हजार क्षमताको रंगशाला बन्नेछ । फाउन्डेसनका अध्यक्ष कट्टेलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यताअनुरूप नै रंगशाला निर्माण हुने जानकारी दिए । समर्थकहरू रंगशालाभित्र प्रवेश गरेदेखि प्याराफिटमा बस्द...
चेल्सीविरुद्द बर्नमाउथको फराकिलो जीत

चेल्सीविरुद्द बर्नमाउथको फराकिलो जीत

खेलकुद, समाचार
काठमाडौं— १७, माघ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीलाई बर्नमाउथले ४–० गोल अन्तरले पराजित गरेको छ । गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा बर्नमाउथलाई जित दिलाउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले थ्गप एक एक गोल गरे । प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूल र लेष्टर सिटीले एक एक गोलको बराबरी खेलेका छन । खेलमा लिभरपुलका सादियो मानेले पहिलो गोल गरेपनि लेष्टरका ह्यारी म्याग्वेरेले बराबरी गोल फर्काएका हुन् । गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–१ ले पराजित गर्दा साउथह्याम्पटन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा चित्त बुझाए । गएरातीका खेल पश्चात प्रिमियर लिगको अंक तालिकामा २४ खेलबाट ६१ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोट...