काठमाडौं— २१, माघ ।
युएईसंगको एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ ।
नेपाली टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्नेछ ।
युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला आफ्नो पक्षमा पारेको थियो ।
एकदिवसीय तथा ट्वेन्टी–ट्वेन्टी श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ ले श्रृंखला जितेको हो ।
एकदिवसीय क्रिकेटतर्फ नेपालको यो दोस्रो श्रृंखला थियो भने ट्वेन्टी ट्वेन्टीतर्फ तेस्रो श्रृंखला रहेको थियो ।
नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय श्रृंखला बराबरी गरेको नेपालले हङकङ र नेदरल्याण्ड्स विरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला्मा भने पराजित भएको थियो ।
आईसीसीको कुनै पनि ढाँचाको क्रिकेट श्रृंखला नेपालले जितेको यो पहिलो अवसर हो ।