चेल्सीको उत्कृष्ट पुनरागमन

काठमाडौं— २०, माघ ।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ५–० ले पराजित गरेको छ ।

बर्नमाउथसँगको अघिल्लो खेलमा ४–० को लज्जास्पद हार ब्योहोरेपछि सवत्र अलोचित भएको चेल्सीले गएराति जित संगै उत्कृष्ट पुनरागमन गरेको छ ।

चेल्सीलाई जित दिलाउन एडिन हाजार्ड र गोन्जालो हिग्वेनले दुई–दुई गोल गरे भने डेभिड लुईजले थप एक गोल गरेका थिए ।

प्रिमियर लिग फुटबल अन्तगत नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई १–० ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–१ ले पराजित गर्‍यो ।

क्रिष्टल प्यालेसले फुल्हमलाई तथा कार्डिफ सिटीले बर्नमाउथलाई समान २–० ले पाखा लगाए ।

त्यस्तै बर्न्लेले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दा ब्राईटन र वाट्फोर्डले गोलरहित बराबरी खेले ।

प्रिमियर लिग अन्तर्गत आज राति दुई खेल हुनेछन् ।

आज म्यानचेस्टर सिटीले आर्सनलसँग भिड्दा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड आमनेसाममने हुदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here