काठमाडौं— २१, माघ ।
पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलमा क्यामरुनको डाफिन्स फुटबल परिवार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको बी टिमलाई ४-१ को गोल अन्तरले पराजित गर्दै डाफिन्स अन्तिम चारमा प्रवेश गरेको हो ।
डाफिन्सको जितमा यानिकले दुई गोल गरेको खेलमा आर्मीका विवेक बस्नेतले सान्त्वना गोल फर्काएका थिए ।
यसअघि थ्रीस्टार क्लबलाई पराजित गर्दै एपिएफ क्लव सेमिफाइनलमा पुगिसकेको छ ।
तेस्रो क्वार्टरफाइनल खेलमा मंगलबार नेपाल पुलिस क्लबले रिस्सो युनिभर्सिटीसंग भिड्दैछ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।