आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

डीपीएलमा धनगढीविरुद्द अत्तरिया ५ रनले विजयी

डीपीएलमा धनगढीविरुद्द अत्तरिया ५ रनले विजयी

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत जारी तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले दिएको ९६ रनको लक्ष्य पुरै २० ओभर सकिँदा पनि धनगढीले भेटाउन सकेन । उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो । फाप्ला मैदानमा ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीका लागि राजु रिजाले नटआउट २६ रन बनाएपनि धनगढीलाई जिताउन सकेनन् । धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए भने सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान दिपेन्द्र ऐरीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । यस्तै युवा खेलाडी दिपेन्द्र रावतले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । पहिलो इनिङ्समा अत...
इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडविचको खेल बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडविचको खेल बराबरी

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेल अन्तर्गत वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरीमा चित्त बुझाएका छन् । वुल्भर ह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा न्यूयासल युनाइटेडसँग ह्याम्पटनले १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरेर टिमलाई अग्रता दिलाए पनि अन्त्यसम्म त्यो अग्रता जोगाउन नसक्दा खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै पराजय टारेका थिए । गएरातीको बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट ३९ तथा १६ औं स्थानमा उक्लिएको न्यूकासलको २५ अंक भएको छ ।...
भारतविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टिमको ऐतिहासिक जित

भारतविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टिमको ऐतिहासिक जित

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टिमले भारतमाथि २–१ को ऐतिहासिक जित हात पारेको हो । कालिंगा रंगशालामा हिजो साँझ भएको खेलको पहिलो हाफमा नेपालका लागि दुवै गोल सावित्री भण्डारीले गरेकी हुन् । सुरुवाती पाँचौ मिनेटमै भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि भण्डारीले नै नेपालका लागि अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याइन् । खेलको अन्त्यतिर अर्थात् ८४ औं मिनेटमा भारतकी रत्नबाला देवीले सान्त्वना एक गोल फर्काइन् । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालले जित निकालेको यो नै पहिलो पटक हो । नेपाल र भारतबीच अहिलेसम्म ९ पटक प्रतिस्पर्धा हुँदा सात खेलमा भारत विजयी भएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो । जारी हिरो गोल्डकपम...
महिला रेस्लरहरुको महाभिडन्त माघ २९ मा हुने

महिला रेस्लरहरुको महाभिडन्त माघ २९ मा हुने

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । महिला रेस्लिंग संघ फेरि जुर्मुराएको छ ।संघले यहि माघ २९ गते नयाँ पुराना रेस्लरहरुलाई समेटेर फेरि एउटा रोचक भिडन्त गराउने भएको छ । अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाउने छन् ।संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि टेवा दिदै आएकी छिन् । डिआरएन ब्रान्डले प्रायोजन गरेको यो महा भिडन्त रोचक र घोचक हुने कुरा आयोजकले बताएको छ । लक्ष्मी धर्तिमगर, भगबती माझी,जमुना तामांग,अस्मिता जुरेली,भगबती खड्का,दिनेश सुनार अमृता रेग्मी को भिडन्तलाई गुनराज रुचालले संचालन गर्ने छन् ।...
घरेलु मैदानमा सर्जियो अग्युरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

घरेलु मैदानमा सर्जियो अग्युरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५ मिनेटभित्रै ४ गोल गरेको थियो । खेलको चौथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं र १९ औं मिनेटमा अग्युरोले गोल गरेका थिए । त्यस्तै २५ औं मिनेटमा गुन्डुगानले गोल गरेपछि पहिलो हाफमा सिटीले ४–० को अग्रता लियो । खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५–० बनाए । योसँगै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे । र, अग्युरोले सर्वाधिक...
अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीपको ३ विकेटसँगै मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश

अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीपको ३ विकेटसँगै मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— २७, माघ । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछानेको ३ विकेटसँगै उनको टोली मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबावमा रहेको मेलबर्नले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । उक्त इनिङ्समा म्याक्सवेलले ४३ बलमा ८२ रनको योगफल बनाएका थिए । जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे । मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले सिड्नी सिक्सरविरुद्ध ३.४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चिएर ३ विकेट लिए । सन्दीले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए भने द...
कोपा डेल रे फुटबलमा बार्सिलोना र रियाल मड्रिड बराबरीमा

कोपा डेल रे फुटबलमा बार्सिलोना र रियाल मड्रिड बराबरीमा

खेलकुद, समाचार
काठमाडौं— २४, माघ । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत गएराती भएको पहिलो लेगमा बार्सिलोना र रियाल मड्रिडले बराबरीमा चित्त बुझाएका छन् । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र रियाल मड्रिडले १–१ गोलको बराबरी गरेका हुन् । रियालको लागि करिम बेन्जिमाको पास सदुपयोग गर्दै लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएपनि बार्सिलोनाको लागि ब्राजिलियन स्टार माल्कोमले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । मुख्य स्ट्राईकर मेस्सी बिना खेलको सुरुवात गरेको बार्सिलोनाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । फेब्रुअरी २७ मा हुने दोस्रो लेगमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सकेमा मात्र पनि रियाल मड्रिड फाइनलमा प्रवेश गर्ने भएको छ । बार्सिलोनाका लागि फाईनल प्रवेशको निम्ति भने स्पष्ट जित आवश्यक हुनेछ । बार्सिलोना लगातार ...
नेपाली राष्ट्रिय क्रिकेट इतिहासमै कीर्तिमानले भरिएको सिरिज

नेपाली राष्ट्रिय क्रिकेट इतिहासमै कीर्तिमानले भरिएको सिरिज

खेलकुद, समाचार
काठमाडौं— २३, माघ । क्रिकेट कप्तान पारस खड्काले युएई प्रस्थान गर्नुअघि भनेका थिए, ‘यसपटकको यात्रा स्मरणीय र ऐतिहासिक हुनेछ ।’ नेपालले युएईको भूमिमा ऐतिहासिक प्रदर्शन मात्र गरेन, दुवै हातमा लड्डु भनेझैँ एकदिवसीय र टी–२० सिरिज जितेर कीर्तिमान रच्यो । क्रिकेट संसारमा शक्तिशाली राष्ट्रहरूले पनि सिरिज जित्न वर्षाैं लगाएको इतिहास छ । तर, नेपालले एकदिवीय मान्यता पाएको एक वर्ष पनि नबित्दै अद्भूत सफलता प्राप्त गर्‍यो । कप्तान पारसका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको यो सफलता एउटा कदम मात्र हो । योभन्दा अझ ठूलो सफलता हात पार्न बाँकी छ । ‘हामीले भर्खर सुरुवात मात्र गर्‍यौँ, हामीले अझै धेरै गर्न बाँकी छ,’ युएईविरुद्धको एकदिवसीय सिरिजपछि पारसले भनेका थिए । यसपटक धेरैलाई विश्वास नलाग्न सक्छ, युएईको भ्रमणमा युवा खेलाडीले अच्चमकै प्रदर्शन गरे । दुई ब्याट्सम्यानले त विश्व रेकर्ड नै बना...
नेपालमा खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने

नेपालमा खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने

खेलकुद, समाचार
काठमाडौं— २३, माघ । नेपालमा संचालित हुने कुनै पनि प्रकारको खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा इजाजत लिनुपर्ने उल्लेख गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले राखेपसंग विदेशी खेलाडीहरु समावेश गराई क्रिकेट लिग खेलाउदै आएका संस्थाहरुको नाम, ठेगाना तथा प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ । श्रम इजाजत नलिई विदेशी खेलाडीलाई समावेश गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि मन्त्रालयले यस विषयमा चासो दिएको हो । सरकारले श्रम स्वीकृतिमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अर्को हप्ताबाट धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डिपि...
क्यान माथिको निलम्बन चाँडै फुकुवा हुने– मन्त्री विश्वकर्मा

क्यान माथिको निलम्बन चाँडै फुकुवा हुने– मन्त्री विश्वकर्मा

खेलकुद, समाचार
काठमाडौं— २२, माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताउनुभयो । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब...