english premier league new casel

काठमाडौं— २८, माघ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेल अन्तर्गत वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरीमा चित्त बुझाएका छन् ।

वुल्भर ह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा न्यूयासल युनाइटेडसँग ह्याम्पटनले १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो ।

पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरेर टिमलाई अग्रता दिलाए पनि अन्त्यसम्म त्यो
अग्रता जोगाउन नसक्दा खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै पराजय टारेका थिए ।

गएरातीको बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट ३९ तथा १६ औं स्थानमा उक्लिएको न्यूकासलको २५ अंक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here