messi argentina's football player

काठमाडौं— १८, माघ ।

अर्जेन्टिनाका स्ट्राइकर तथा अहिलेको समयका उत्कृष्ट फूटवल खेलाडी लियोनेल मेस्सी अन्तराष्ट्रिय खेलमा फर्किने भएका छन् ।

मेस्सी मार्चमा भेनेजुएला र मारोक्को विरुद्धको हुने खेलबाट अर्जेन्टिनाका लागि खेल्ने भएका छन्। २००१८ मा रसियामा सम्पन्न विश्वकपमा फ्रान्ससँग ४ – ३ गोल अन्तरले पराजित भए यता मेस्सीले अर्जेन्टिनाका लागि कुनै पनि अन्तराष्ट्रिय खेल खेलेका छैनन् ।

मार्च २२ मा भेनेजुएलासँगको खेलमा मेस्सी दुई सय १४ दिनपछि अर्जेन्टिनाका लागि मैदानमा उत्रने भएका छन् ।

मेस्सीले अर्जेन्टिनाका लागि एक सय २८ खेल खेल्दै ६५ गोल गरेका छन् । क्लव फूटवलको इतिहासमै उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले अर्जेन्टिनाका लागि भने कुनैपनि महत्वपुर्ण उपाधी जिताएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here