काठमाडौं— १८, माघ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ताप्लेजुङ सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले नारावाजीसहित प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।
जिल्ला सदरमुकाम फुङलिङको पुरानो बैंक लाइनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचोकमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।
कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, प्रा.डा. गोबिन्द केसीको माग सम्बोधन नगरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसकेको आरोप लगाए ।