real madrid on semi final of copa del re

काठमाडौं— १८, माघ ।

कोपा डेल रे फुटबलको उपाधी दाबेदार रियाल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोपा डेल रे अन्तर्गत गएराति भएको क्वाटरफाइनल दोस्रो लिग खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा रियाललाई जिताउने क्रममा करिम बेन्जिमाले दुई गोल गरे भने मार्कस लोरेन्टले थप एक गोल गरे । पहिलो लिगको खेलमा रियालले जिरोनालाई ४–२ ले पराजित गरेको+ थियो ।

यो खेलसँगै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ ।

रियालसँगै बार्सिलोना, भ्यालेन्सिया र रियाल बेटिसले सेमिफाइनलमा आफ्नो आफ्नो स्थान पक्का गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here