काठमाडौं— १७, माघ ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । युएईले दिएकाे १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ३२ रनमात्र बनऔन सक्यो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले भने सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् ।
युएईका लागि महोम्मद नाभिद, सुल्तान एहमद र जोहर खानले समान २/२ विकेट लिए भने आमिर हायातले १ विकेट लिए । नेपालले सिरिजको दोस्रो खेल यहि शुक्रबार खेल्नेछ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियाे ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए ।
युएईका लागि साइमान अनवरले सर्वाधिक ५९ रन जोड्दा महोम्मद उस्मानले ३० रन, महोम्मद बुटाले २० रन र सिपी रिजवानले २२ रनकाे योगदान गरे ।