काठमाडौं— २२, माघ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्टह्याम युनाईटेड र लिभरपुलले बराबरीमा चित्त बुझाएका छन ।
गएराति लण्डनस्थित वेष्टह्यामको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकि्यो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिएपनि त्यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे ।
प्रिमियर लिग फुटबल अन्तर्गत २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५९ अंकको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा यथावत रहेको छ ।
चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा रहेको छ ।