काठमाडौं— २२, माघ ।
अत्यधिक चिसोका कारण तापक्रम घटेको मुस्ताङ पर्यटकहरुको आकर्षक केन्द्रविन्दु बनेको छ ।
पछिल्लो समय आन्तरीक तथा वाह्य पर्यटक मुस्ताङमा हिउँ खेल्न तथा जमेका नदी हेर्न पुग्ने गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा ताल जमेको छ ।
तालको पानी जमेर बरफ बनेपछि पर्यटकहरु तालको बीच-बिचमा पुगेर तस्वीर खिचाउन थालेका छन् । पानीको सतहमा बाक्लो बरफ जमेका कारण मानिस हिँड्न मिल्ने भएको कारण समेत पर्यटकहरुको पहिलो रोजाईमा पछिल्लो समय मुस्ताण्ग पर्दै आएको छ ।
मुस्ताङमा अहिले माइनस ६ डिग्री सेल्सियस तापक्रम रहेको बताइन्छ ।