चेल्सीविरुद्द बर्नमाउथको सम्मानजनक जीत

काठमाडौं— १७, माघ ।

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीलाई बर्नमाउथले ४–० गोल अन्तरले पराजित गरेको छ ।

गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा बर्नमाउथलाई जित दिलाउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले थ्गप एक एक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूल र लेष्टर सिटीले एक एक गोलको बराबरी खेलेका छन ।

खेलमा लिभरपुलका सादियो मानेले पहिलो गोल गरेपनि लेष्टरका ह्यारी म्याग्वेरेले बराबरी गोल फर्काएका हुन् ।

गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–१ ले पराजित गर्दा साउथह्याम्पटन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

गएरातीका खेल पश्चात प्रिमियर लिगको अंक तालिकामा २४ खेलबाट ६१ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ५४ अंक रहेको छ ।

४७ अंकका साथ आर्सनल चौथो स्थानमा उक्लिंदा समान ४७ अंक जोडेको चेल्सी पाँचौ स्थानमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here