दोलखा— १५, माघ ।
श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दोलखा, कालिञ्चोक गाउँपालिका–५, लापिलाङका २४ वर्षीय च्याङ्गा शेर्पाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् ।
उनीहरुले बुधबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन् ।
प्रहरीले शेर्पाले कारागारभित्रै आत्महत्या गरेको दाबी गरेको छ ।
परिवारले भने आत्महत्या नभइ हत्या भएको आरोप लगाएको छ ।
अदालतको आदेशपछि शेर्पालाई मंगलबारमात्रै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
शेर्पाले कारागारभित्रै शौचालयको झ्यालमा जुत्ताको लेसमा झुन्डिएर आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।
मृतक शेर्पाको शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ ।
शेर्पालाई दोलखा प्रहरीले गएको पुस २० गते श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो ।
शेर्पाकी श्रीमती ‘लक्की’ भनिने सर्किनी शेर्पा पुस १६ गते चरिकोटस्थित आफ्नै कोठामा सलको पासो लगाइ मृतावस्थामा फेलापरेकी थिइन् ।
(इमेज खबर)