ईजिप्टको अलेक्जेन्ड्रियामा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले ‘एम एस एन एक्सीलेन्स अवार्ड’ हात पारिन
काठमाडौँ —चैत ४ ।
राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले ‘फेशन डिजाईनर’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकि छिन।
नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।
‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
फरक एवं क्रियटिभ डिजाईन गरी नेपाली एवं विदेशी पहिरन पारखीहरु माझ पछिल्लो समय परिचित रहदै दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत क...









