MSN Excellence Award, Egypt- Trishna Gurung

काठमाडौँ —चैत ४ ।

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले ‘फेशन डिजाईनर’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकि छिन।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

MSN Excellence Award, Egypt- Trishna Gurung

फरक एवं क्रियटिभ डिजाईन गरी नेपाली एवं विदेशी पहिरन पारखीहरु माझ पछिल्लो समय परिचित रहदै दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव दुई दर्जन भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल तृष्णाले दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गर्न सफल भै सकेकी छिन ।

राजधानीमा केही समयअघि मात्र सम्पन्न गुरुङ्ग समुदायमा लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस गुरुङ्ग ईन्टरनेशनलकी आयोजक समेत रहेकी तृष्णाले नेपाली फेशन ईन्डस्ट्रीमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङग्स नेपालको निर्णायक मण्डलले फेशन डिजाईनर विधाको यसवर्षको एमएसएन एक्सीलेन्स अवार्ड फेशन डिजाईनर तृष्णा गुरुङ्गलाई प्रदान गरिएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका सिईओ डेभिल सिंह राजपुतले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here