काठमाडौँ —चैत ३ ।
राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सुप्रसिद्द मोडल शिलाष्मा मल्लले ‘मोडल’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकी छिन।
नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।
‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
वि सं २०६४ सालदेखि औपचारीक रुपमा नेपाली मोडलिङ जगतमा प्रवेश गरी दर्जनौ म्युजिक भिडियोमा नृत्य तथा अभिनयमार्फत छोटो समयमा नै आफुलाई मोडलिङको क्षेत्रमा अव्वल मोडल सावित गराउन सफल शिलाष्माले व्युटिसियन नेपाल ,२०१८ को उपाधी समेत जितेकी थिईन ।
नेपाली कलाक्षेत्रसंगै समाजसेवाको क्षेत्रमा समेत सम्लग्न रही नेपाली मोडलिङ तथा म्युजिक ईन्डस्ट्रीमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलले महिला ‘मोडल’ विधाको यसवर्षको एमएसएन एक्सीलेन्स अवार्ड मोडल शिलाष्मा मल्ललाई प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले जनाए ।
पछिलो समय विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्नमा व्यस्त शिलाष्मा नया म्युजिक भिडियो तथा चलचित्र अभिनयको क्रममा रहेकि छिन ।