MSN Excellence Award, Egypt- Singer Dinesh Gautam

काठमाडौँ —चैत ३ ।

चर्चित गायक दिनेश गौतमले ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा मोडल शिलाष्मा मल्ल सम्मानित
काठमाडौँ —चैत ३ ।

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित गायक दिनेश गौतमले ‘गायन’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

नेपाली गीति गायनको क्षेत्रमा रही नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको दर्जनौ अवार्ड तथा सम्मान प्राप्त गर्न सफल गौतमले भर्खरैमात्र राजधानीमा सम्पन्न नेशनल बोस्टर म्युजिक अवार्डमा “बाँसै काटेर” बोलको गीतबाट सर्वोत्कृष्ट लोक( आधुनिक गायक) विधाको अवार्ड समेत हात पार्न सफल भएका थिए।

सांगितिक क्षेत्रलाई समाजसेवासंग जोडेर अघि बढ्न सकिन्छ भन्ने उद्देश्यका सामाजिक कार्यमा समेत उत्तिकै सकृय गौतमले “पैसा कसले बनायो , धनमै मान्छे रमायो, फर्केर आएनौ, बाँसै काटेर” जस्ता कैयौं चर्चित गीतहरु गाएर नेपाली सांगितिक जगतमा प्रदान गरेको अतुलनीय योगदानको कदर तथा प्रसंशा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलबाट गायक विधाको यसवर्षको ‘एमएसएन एक्सीलेन्स अवार्ड’ गायक दिनेश गौतमलाई प्रदान गरिएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका सिईओ डेभिल सिंह राजपुतले जनाए ।

पछिल्लो समय चर्चामा रहएको गौतमको बाँसै काटेर बोलको गीतमा कोसिस क्षेत्रीको शव्द तथा संगीत रहेको छ भने उक्त गीतलाई उदय राज पौडेलले ऐरन्ज गरेका हुन । भिडियोलाई भने कार्टुन क्रुजले निर्माण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here